समाचार

थप दुई हप्ता लकडाउन !

काठमाडौं- कोरोना भाइरसको माहामारी नियन्त्रणका लागि विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा विज्ञहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएका कारण १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेलगायतले प्रधानमन्त्री ओलीलाई दिएका हुन् ।

त्यस्तै लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरु सिलबन्दी गरी सीमानाकामा कडाई गर्नु पनि सुझाव दिएका छन्।अर्का जनस्वास्थ्यविज्ञ डा समिरमणि दीक्षितले लक डाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव दिएका हुन् । सबैको सल्लाह सुझाव अनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास गरिएको छ ।

काठमाडौं उपत्यकासहित देशभरी नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले म‌गलबार छलफल आयोजना गरेका हुन्। नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञहरु सहभागितामा छलफल भएको थियो ।

Related Articles

Back to top button
Close