समाचार

कुकुरमा पनि देखियो कोरोना भाइरस

हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो । सुरुमा एकदमै न्यून रुपमा संक्रमण भएको बताइएको थियो ।

कुकुरको नाक वा मुख कोभिड–१९ संक्रमण हुन सक्ने सिँगान तथा र्‍यालजस्ता चिजको सम्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।त्यस्तै कोभिड १९ अर्थात् कोरोना भाइरसको उद्गमस्थल चीनमा गएकाे २४ घण्टामा कसैकाे पनि ज्यान गएकाे छैन । पछिल्लाे २४ घण्टामा १२ जना नयाँ बिरामी थपिएका छन् ।

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घटे पनि विश्वका अरु देशमा सङ्क्रमितसँगै ज्यान गुुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।

Related Articles

Back to top button
Close