समाचार

मेरै पार्टीका नेताहरु कोरोना संकटप्रति लापरवाह बने : प्रधानमन्त्री ओली

काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनिरहेका बेला पार्टीभित्रै केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेर गैर जिम्मेवारपूर्ण काम गर्न खोजिएको भन्दै गुनासो गर्नुभएको छ ।प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले संकट घडीमा आफ्नै पाटीभित्रबाट असहयोग भएको भन्दै नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोनाभाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको भन्दै गुनासो गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरू मुलुकको संकट ९ कोरोना ० प्रति लापरबाह, जनताप्रति उदासिन हुँदै स्वार्थका पछाडि कुदेको टिप्पणी गर्नुभयो ।सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गर्नुभएको हो ।

‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरून्त चाहियो भनेर भनिरहेका छन्, कहाँ बस्ने हो रु के गर्ने हो रु त्यस्तो सोच केही पनि छैन । तर बैठकचाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ, स्थायी कमिटी अहिले नै बस्नुप¥यो, भरे बस्नुप¥यो, त्यसबाहेक केही छैनस प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको गुनासो थियो ।

Related Articles

Back to top button
Close