समाचार

काठमाडौं उपत्यकामै कोरोनाले फेरि लियो ज्यान, मृ’त्यु भएका व्यक्ती कुन ठाउँका हुन् ?

काठमाडौं उपत्यकामै कोरोना भाईरसको संक्रमणबाट फेरि १ जनाको ज्यान गएको छ । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट शुक्रबार एकजनाको मृत्यु भएको हो ।मृत्यु हुने ६५ वर्षीय महिला स्थानीय बासिन्दा नै भएको बुझिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनी थसिखेलको स्थायी बासिन्दा थिइन् । यही साता कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार उनी केही समयअघि वीरगन्जबाट काठमाडौँ आएकी थिइन् । तराईबाट आए पनि क्वारेन्टाइनमा नबसेको बताइएको छ । साथै उनले अन्य मापदण्ड पनि नअपनाएको बताइएको छ । यससँगै मृतकको परिवारका पाँच जनामा पनि संक्रमण भएको बताइएको छ ।

यससँगै स्वास्थय मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जनाको मृत्यु भइसकेको छ । शुक्रबार बिहान वीरगन्जमा एक र ललितपुरको एक गरी मृत्यु हुने्को संख्या ५४ पुगेको छ ।कोरोनाका बिरामीको उपचारका लागि प्रदेश १ सरकारले सञ्चालनमा ल्याएका कोभिड(१९ अस्पतालका आइसोलेसन संक्रमितले भरिभराउ भएका छन् ।सञ्चालनमा रहेकाआइसोलेसन बेड भरिए पनि नयाँ व्यवस्थापन गर्न सरकारले चासो नदिँदा कोरोना संक्रमितको उपचार र व्यवस्थापनको काम प्रभावित बन्न थालेको छ ।आइसोलेसन बेडको अभाव हुन थालेपछि थपिएका नयाँ संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या जटिल बनेर गएको छ । चिकित्सकले पछिल्लो समय लक्षणसहितका संक्रमित प्रदेशमा बढेर गइरहेका उपचार र व्यवस्थापमा हेलचेक्राई गर्न नहुने सुझाव दिएका छन् ।

दिनप्रतिदिन संक्रमित बढ्दै गएर प्रदेशनै संकटमा परिरहेका बेला सरकारले नयाँ कोभिड अस्पताल र आइसोलेसन सञ्चालनमा भने कुनै चासो दिएको छैन । जसका कारण रिपोर्ट पोजिटिभ देखिएका संक्रमितहरु घरघरमै बस्नुपर्ने अवस्था छ । क्वारेन्टाइन बनाएर सञ्चालन गरे पनि स्थानीय सरकारले आइसोलेसन बनाएको छैन।समस्या तड्कारो भएर आपतकालिन स्थिति उत्पन्न हुँदा पनि संकटको घडीमा प्रदेशलाई कोरोनाबाट मुक्त बनाउन नयाँ कुनै रणनीति सरकारले नअपनाएको स्रोतको भनाइ छ । पछिल्लो समय जटिल बनेर गएको संक्रमण नियन्त्रणमा कुनै पनि भूमिका खेल्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना हुन थालेको छ ।चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सर्वासाधारणमा कोरोना संक्रमण भेटिने क्रम प्रदेशमा बढेर गएको छ । प्रदेश सरकारले विराटनगरमा ५० र सुन्दरहरैंचाको गोठगाउँमा एक सय २५ बेड क्षमताको कोभिड अस्पताल उपचार केन्द्र बनाएर आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

दुवै ठाउँमा रहेका आइसोलेसन बेड अहिले संक्रमितले भरिएका छन् । आइसोलेसन बेडको अभाव हुँदा नयाँ थपिएका संक्रमितको व्यवस्थापन गर्न सकिएको छैन । आइसोलेसन बेड भरिएर उपचार गराउने ठाउँ अभाव हुँदा बिहीबारसम्ममा २२ जना संक्रमितले घरमै बस्न बाध्य हुनु परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलीले आइसोलेसन अभावमा संक्रमितलाई घरमै राख्नु परेको र स्थानान्तरण गर्न नसकिएको बताए । ुअहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये २२ जनालाई उपचार गराउने ठाउँको अभाव हुँदा अस्पताल लैजान सकिएको छैन,ु उनले भने, ुघरमै राख्दा संक्रमण अन्यत्र फैलने अर्को जोखिम बढेर गएको छ ।ुसमुदायस्तरका कोरोना संक्रमण फैलिइरहँदा आइसोलेसनको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको अलीले बताए । अलीकाअनुसार विराटनगरमा बिहीबार नै संक्रमण पुष्टि भएका सातजनालाई पनि आइसोलेसनमा लैजान पाइएको छैन । ुबिरामीलाई सुरक्षित साथ राखेर उपचार र व्यवस्थापन गर्ने स्थानको अभाव भएको छ,ु उनले भने, ुजसका कारण झन् तीव्र रुपमा संक्रमण फैलने त्रास बढेर गएको छ ।ु

संक्रमण पुष्टि भएको आधा घण्टाभित्रमा बिरामीलाई अस्पताल पुर्‍याउने गरी आफूहरु जुटे पनि पछिल्लो अवस्थामा सुरक्षित भएर बस्न र अरुसँग सम्पर्कमा नजान आग्रह गर्दै घरघरमै संक्रमित छाड्नु परिरहेको जानकारी उनले दिए ।कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले भएका आइसोलेसन बेड संक्रमितले भरिएको बताए । ुबेड अभावकै कारण पछिल्लो समयमा थपिएका संक्रमितलाई स्थानान्तरण गर्न सकिएको छैन,ु उनले भने, ुबेड थप गरेर उनीहरुलाई स्थानान्तरणका लागि कुरा अघि बढाइएको छ ।ुबस्नेतले आइसोलेसन अभावमा केही संक्रमितलाई क्वारेन्टाइनमा समेत लगेर राख्नुपर्ने अवस्था रहेको सुनाए । महानगरका मेयर भीम पराजुलीले आइसोलेसन सञ्चालन गर्ने पाटो प्रदेश सरकारको भएकाले पछिल्लो अवस्था उत्पन्न समस्याका बारेमा सरकारका मुख्यमन्त्रीदेखि लिएर मन्त्रीसम्म आफूले बारम्बार कुरा राखिसकेको बताए । समस्या थप जटिल बन्दै गएपछि कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा मेयर पराजुलीले बिहीबार विराटनगरमा अस्पतालका सञ्चालक, बरिष्ठ चिकित्सकहरु र स्वास्थ्यकर्मीसँग छलफल समेत चलाएका थिए ।

छलफलमा सहभागी स्वास्थ्यकर्मीले जतिसक्दो चाँडो आइसोलेसन बेड थप गरेर संक्रमितको व्यवस्थापन गर्न नसकेमा भोलिका दिनमा अवस्था झन् भयावह भएर जाने चेतानवी दिएका छन् । ुयहाँ कोरोना लाग्दा उपचार नपाएर जनता मर्ने भए,ु पराजुलीले भने, ुउनीहरुलाई आइसोलेसनमा लगेर राख्न नसक्दा र घरमै छाड्दा संक्रमण फैलिएर अरु पनि जोखिममा पर्ने अवस्था आयो ।ुउनकाअनुसार विराटनगरमै रहेका ठूला अस्पताल कोशी र विराट नर्सिङ होमका चिकित्सक एवं स्वास्थ्यकर्मी धमाधाम संक्रमित हुन थालेपछि झन् जनमानसमा त्रास फैलिएको छ ।यतिबेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक योजना तथा मामिला मन्त्री इन्द्र आङ्वो लगायत काठमाडौंमा छन् । यस विषयमा बुझ्न खोज्दा सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग सम्पर्क हुन सकेन । पटक(पटक गरेको फोन मन्त्री घिमिरेले उठाएनन् ।

Related Articles

Back to top button
Close