समाचार

सवारी साधनमा पुन: जोरविजोर प्रणाली

लकडाउन खुलेसंगै हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ । लकडाउन पछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमण दर समेत उकालो लागेको भन्दै स्वास्थ्यले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गत ११ साउनमै चिठी पठाएको बताए ।

उनले एउटै चिठीमा जोरबिजोर संगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भन्दै अनुरोध पत्र पठाएको बताए । गृहले काठमाडौँ छिर्ने नाकामा बेलुका ७ देखि विहान ७ सम्म सवारी साधन चल्न नदिने निर्णय भने हिजोबाट लागू गरेको छ ।‘लकडाउन खुलेपनि कोरोना जोखिम घटेको छैन् ।

बरु जोखिम बढेको छ । तर मानिसहरुले सामान्य अवस्था जस्तै भिडभाड गर्न थाले, काठमाडौँ झन् झन् संक्रमण बढ्न थाल्यो । केशहरु छरिन थाले । त्यसैले हामीले आवातजावतमा कम गर्नका लागि पनि जोरबिजोर प्रणाली लागू गर्न भनेका हौँ । गृहबाट यसको निर्णय भएको छैन्,’ डा अधिकारीले भने ।

Related Articles

Back to top button
Close