समाचार

गगन थापाले भने– कोरोना भुसको आगो झैं फैलँदा पनि तयारी छैन, अब त अत्ति भो!

काठमाडौं– नेपालमा लकडाउन खुकुलो भएसँगै कोरोनाभाइरसको संक्रमण फैलदोक्रममा छ। कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्या समेत बढ्दै गइरहेको छ ।यसैबीच नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरोनाभाइरस भुसको आगो झै फैलिएको भन्दै सरकारको कामको बारेमा असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको र ‪स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त रहेको बताएका छन् ।

‘भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छु प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त! ‪स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त!‬ भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ–सरकार अब अति भो!’‬

Related Articles

Back to top button
Close