समाचार

कोरोना संक्रमण झनै बढेपछि फेरी लकडाउन गर्ने निर्णय

नेपालगञ्ज । लकडाउन अन्त्य गरेको घोषणा गरेसँगै कोरोना संक्रमितको संख्या झनै बढेपछि नेपालगन्जमा फेरी थप ३ दिनका लागि लकडाउन गरिने भएको छ। नेपालगन्जमा थप २७ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २७ जनामा कोरोना पुष्टि भएको हो । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारी कोरोना संक्रमित रहेको पुष्टि भएको छ ।

कोरोना संक्रमणदेखिएसँगै कन्ट्रयाक ट्रेसिङको आधारमा अन्यको पनि कोरोना परीक्षणको तयारी गरिएको छ । राजश्व कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि नेपालगञ्जमा पुन लकडाउन गर्ने तयारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्रि नभएकामा कोरोना देखिएपछि नेपालगन्जलाई पुनः लकडाउन गर्ने तयारी गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्वीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउँदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, उदयपुरका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सर्लाहीका एकजना र मोरङ २ जना संक्रमित भएका छन् ।

उता प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ४ जना, नवलपसारीका एकजना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ६ जना र पर्साका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका ५ जना र चितवनका एकजना, दोलखाका एकजना, गोरखाका एकजना, काठमाडौंका १३ जना महोत्तरीका एकजना, रौतहटका २ जना, सर्लाहीका एकजना र सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा अर्धाखाँचीका एकजना, कपिलवस्तुका एकजना र प्युठानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, दाङका एकजना, धादिङका ४ जना, काठमाडौंका ४ जना, खोटाङका एकजना, नुवाकोटका २ जना, पर्साका एकजना, सर्लाहीका २ जना र स्याङ्जाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ३ जना, स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना महोत्तरीका एकजना र पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका एकजना, कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, कास्कीका २ जना, लमजुङका २ जना, तनहुँका ३ जना, स्याङ्ेजाका ११ जना र नवलपरासी पूर्वका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, बाँकेका २० जना, बर्दियाका ८ जना, दाङका २ जना, कंचनपुरका एकजना, प्युठानका एकजना, सर्लाहीका एकजना र सुर्खेतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मुगुका एकजना, सल्यानका ३ जना, सुर्खेतका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पीसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका १० जना, चौरजहारी नगरपालीका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका एकजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका एकजना, कैलालीका ५ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) को उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ । मन्त्रालयले गरेको निर्णयमा सूचीमा नपरेका निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न चाहनेहरुले अस्पतालको सहमतिमा उपचार गर्न सक्ने र सेवा शुल्क लक्षण अनुसार तोकिएको हो ।

मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरुको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भएका हुन् । यसअघि कोभिडको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

त्यसैगरी कोभिड १९ पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएका प्रयोगशालाहरुलाई स्वीकृत निर्देशिकाबमोजिम स:शुल्क कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएको छ ।

नेपालमा कोरोनाले ज्या,न गु,मा,उ,नेको संख्या ५२ पुग्यो

नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो । मोरङका ४५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनी हिजो दिउँसो कोशी अस्पतालबाट रेफर गरिएका बिरामी हुन ।

प्रतिष्ठानमा आइपुग्दा ती बिरामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । तर उनको हिजो नै मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि बझाङ बुंगलका एक ६५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो । गत सोमबार तीन जनाको कोरोनाले मृत्यु भएको थियो । वीरगञ्जको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएका एकजना ६५ वर्षीय भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो।

यसैगरी धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३६ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । त्यस्तै बाराको फेटा गाउँपालिका- ३ का एक ६० वर्षीय पुरुषको त्रिवि क्षियण अस्पताल महाराजगंञ्जमा उपचारका क्रममा निधन भएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ भने धनुषाका ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यस्तै ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको छ । त्यसैगरी वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको गत साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पर्सा वीरगञ्ज -११ की ८५ वर्षीय महिलाको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको नारायण अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यसैगरी नारायणी कोरोना विषेश अस्पतालमा उपचारत बाराकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार नेपालमा आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) को उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ । मन्त्रालयले गरेको निर्णयमा सूचीमा नपरेका निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न चाहनेहरुले अस्पतालको सहमतिमा उपचार गर्न सक्ने र सेवा शुल्क लक्षण अनुसार तोकिएको हो ।

मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरुको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भएका हुन् । यसअघि कोभिडको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

त्यसैगरी कोभिड १९ पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएका प्रयोगशालाहरुलाई स्वीकृत निर्देशिकाबमोजिम स:शुल्क कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएको छ ।

Related Articles

Back to top button
Close