समाचार

‘मकै रुँघ्‍ने गोठ जले’ भन्ने मन्त्रीले आज भने- त्रुटि भएर चेपाङ बस्तीमा घर जले

काठमाडौं – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा चेपाङ बस्तीमा घर जलेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ वस्तिमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उनले बताए । भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारिले हात्ति लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानविय भएको समेत मन्त्री बस्नेतले बताए ।

उनले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराउनुभयो । मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ति ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफु गम्भिर रहेको बताए । यसअघि उनले त्यहाँ घर नभइ गाेठ जलेकाे बताएका थिए ।

Related Articles

Back to top button
Close