समाचार

कोरोनाका कारण साउदीमा नेपाली पत्रकारको नि’धन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको निधन भएको छ । आइतबार दिउँसो १२ बजे उपचारका क्रममा नेपाल अरब मिडियाका प्रवन्ध निर्देशक रोशन श्रेष्ठको निधन भएको सोही मिडियाका सम्पादक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार रोशन श्रेष्ठ नेपालमा लकडाउन सुरु हुनु एक दिनअघि साउदी जानुभएको थियो । नेपालबाट साउदी जानुभएको केही समयपछि उहाँलाई कोरोना संक्रमण भएको र करिव डेढ महिना अस्पतालमा भर्ना गरिएको थियो ।दमबाट पीडित श्रेष्ठलाई संक्रमण भएपछि स्वास्प्रस्वासमा थप समस्याआई निमोनिया भएको थियो । स्थायी ठेगाना स्याङजा रहेको उहाँको डेढ वर्षअघि मात्रै विवाह भएको थियो ।

Related Articles

Back to top button
Close